एजेन्सी / उडिसाको एक किशान मरेको श्रीमतीको लास बोकेर ६० किलोमिटर हिंडनुपर्ने वाध्यतामा परेको समाचार आएको एक हप्ता नबित्दै भारतको मध्य प्रदेशको सेओनी जिल्लाबाट अर्को त्यस्तै समाचार आएको छ ।स्वास्थ्य चौकीमा परलोक भएकी आमाको लासलाई अस्पतालको एम्बुलेन्सले घरसम्म पुर्याउन आनाकानी गरेपछि उमट भन्ने ठाउँका भिमरावले मोटरसाईकलमा राखेर आमाको लास घरसम्म पुर्याएका थिए ।

गत मंगलवार आमाको देहान्त भएपछि १०८ नंबरमा फोन गरेर रावले एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्स ठिक १० मिनेटमा आएता पनि उसले लास बोक्न नमानेको कारण रावले आमाको लासलाई आफ्नै मोटरसाकलमा राखेर लग्नु परेको थियो । स्थानीय नियम अनुसार लासलाई एम्बुलेन्सले बोक्न नमिल्ने प्रावधान रहेको भनेर अधिकारीले आफ्नो बचाव गरेका छन् । ईण्डिया टाइम्सको सहयोगमा

 

तपाईको प्रतिक्रिया