itahari badminton sports

१९ भाद्र, इटहरी ।  इटहरी ब्याडभिण्टन क्लवले आफ्नो १२ औ साधारणसभा अवसरमा  पारेर अन्तर सदस्य ब्याडमिण्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । साथै सोही अवसरमा ब्याडण्टिन खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने खेलाडी, तथा अग्रज पत्रकारलाई सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिसदका सदस्य शम्भु आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला न्यायाधीश भरत लम्साल र प्राज्ञ राम धामीको बिशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा ब्याडमिण्ट खेल क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका खेलाडी दानबहादुर तामाङ्ग, अग्रज पत्रकार याम प्रधानलाई सम्मान गरिएको छ । सोही अवसरमा भरखरै उद्योग बाणिज्य सङ्घमा निर्वाचित  भएका अध्यक्ष लीलम बस्नेतलाई बधाई पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा अन्तर सदस्य स्तरीय ब्याडमिण्टन प्रतियोगिता अन्तर्गत भेट्रान्स डिभिजन तर्फ योगराज खनाल र भरत लम्साल प्रथम  भएका थिए  । त्यस्तै ज्ञानेन्द्र पराजुली र जीतेन राई दोस्रो तथा दिनेश चौधरी, धनबहादुर लिम्वु, बुद्ध तामाङ र रीञ्जे गुरुङ्ग तेस्रो भएका छन । त्यसैगरी बी डिभिजन तर्फ सन्तोष बान्तवा र राम तामाङ्ग प्रथम बम सुब्बा र पूर्ण तामाङ्ग दोस्रो र अनन्त विष्ट, प्रमोद दवाडी तुलसी मिश्र र सन्तोष भट्टराई तेस्रो भएका छन ।

त्यस्तै ए डिभिजन तर्फ सन्तोष बान्तवा र राम तामाङ्ग प्रथम बम सुब्बा र पूर्ण तामाङ्ग दोस्रो तथा रञ्जन अधिकारी देव तामाङ्ग कृष्णराज श्रेष्ठ र उमेश राई तेस्रो भएका छन ।उनीहरुलाई नगद सहित कप र प्रमाणपत्र प्रदान गरिएको छ । क्लवका अध्यक्ष मणि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा शम्भु आचार्य न्यायाधीश भरत लम्साल प्राज्ञ राम धामी राजेश श्रेष्ठ उद्योग बाणिज्य सङ्घका अध्यक्ष लीलम बस्नेत लक्ष्मी धिताल र पूर्वाञ्चल खेलकुद समितिका अध्यक्ष ललित नगरकोटी लगायतले बोलेका थिए  ।

तपाईको प्रतिक्रिया