१९ भाद्र, अमर काफ्ले सुनसरी /सुनसरीको नरसिङ ३ स्थित धानखेतमा पेट्रोलिमय पदार्थ जस्तै देखिने वस्तु तैरिरहेको दावी गर्ने स्थानीयवासीको भनाईलाई सुनसरी प्रशासनले निराधार मानेको छ । सुनसरी प्रशासनले धानबारीमा जमिन मुनिबाट भुल्काका साथ पानीमा तैरिएको वस्तु पेट्रोलियम पदार्थ नभई आइरन भएको बताएपछि स्थानीयहरुले विज्ञ झिकाएर परीक्षणको माग गरेका छन् ।

विगतका वर्षहरुमा समेत नरसिङका विभिन्न भेगमा सोही प्रकृतिको तरल पदार्थ भेटिएको स्थानीयहरुको दावी छ । बारम्बार जमिन मुनिबाट निस्कने गन्ध सहितको तरल पदार्थबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदा वेवास्ता गर्दै आएको सर्वसाधारणको भनाई छ ।

वास्तविकता पत्ता लगाउन विज्ञ झिकाउनु पर्ने दवाव स्थानीयतहबाट बढ्न थालेपछि सुनसरी प्रशासनले मन्त्रालयमा जानकारी गराउने तयारी गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले स्थानीयले दावी गरे जस्तो अवस्था नरहेपनि शंकास्पद भन्ने आषयको पत्र मन्त्रालयमा पठाउने तयारी थालिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया