२० भाद्र, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको उपचारका लागी अहिले सम्म देश तथा बिदेशबाट गरी ११ लाख ५० हजार बढी रकम संकलन भएको छ ।

ब्रेन टयुमर भएपछि उपचार खर्चको अभाबमा अस्पतालमा मृत्यु सँग जुधिररहेका समाचार इनरुवा अनलाइन लगायत अन्य सञ्चार माध्यमबाट प्रकाशित गरेपछि देश तथा बिदेशबाट रकम संकलन हुन थालेको हो । स्थानीय लालभित्ति युवा समुहले बालकको उपचारका लागी बिगत रकम संकलन गरिरहेको छ ।

उनको उपचारका लागी खोलिएको सानिमा बिकास बैंकको खाता र बाणिज्य बैंकको खातामा सोमबारसम्म ११ लाख ५० हजार रकम संकलन भएको लालभित्ति युवा समुहका अध्यक्ष प्रेम राईले जानकारी दिए । सो खाताबाट २ पटक गरेर ५ लाख रकम निकालिएको र बिरामीका उपचारका लागी पठाईसकिएको कार्यक्रम कार्यक्रम संयोजक तुलसी ढकालले जानकारी दिए ।

धिमालको अबस्था सामान्य हुन थालेको र उनलाई केही महिना अस्पतालमा राख्नुपर्ने भएको उनकी आमाले टेलिफोन मार्फत बताएकी छिन । सलिम सामान्य हात सम्म चलाउने सक्ने भएको उनले बताईन ।

तपाईको प्रतिक्रिया