bibek simal

२० भाद्र, इटहरी । गायक स्वरुपराज आचार्यको ‘सिमलको भुवा सरी’ को भिडीयो प्रिमियर गरिएको छ । पूर्वको पर्यटकीय क्षेत्रको गोकुलम रिसोर्टमा छायाङ्कन गरिएको उक्त भिडियो युट्युव मार्फत प्रिमीयर गरिएको भिडियोका निर्देशक बिबेक हिङमाङले बताएका छन् ।

गीतको भिडियोमा नायिका तथा मोडल अनु शाह र हरि भट्टराईले स्क्रिन रोमान्स गरेका छन् ।सार्थक कलेक्सन एल्बलमा समावेश आधुनिक प्रेम गीतमा दिलिप पौडेलको शब्द र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

उक्त गीतको भिडियो हेमन योञ्जनले खिचेका हुन् भने ड्रेस डिजाइन उर्लाबारी–२ अवस्थित अबिस बुटिककी सञ्चालिका उर्मिला राईले गरेकी हुन् ।

एक दर्जन भिडियो निर्देशन गरिसकेका निर्देशक हिङमाङले भिडियोलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको बताएका छन् । आफूले अन्य गीतभन्दा सिकेका अनुभव समेटेर धेरै मेहेनत गरेकाले भिडियो उत्कृष्ट बनेको निर्देशक हिङमाङले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया