ashu buwa father

समाजमा इमान्दार र बेइमान दुवै कीसिमका मानिस हुन्छन् । आफ्नो निजि स्वार्थका लागि मानिसले जघन्य अपराधसमेत गर्न पछि परेका छैनन् । चोरी, डकैती, छलकपड, भ्रष्टचार लगायतका प्रवित्तबाट अकुत सम्पति कमाएर मोजमस्ती गर्नेभन्दा इमान्दार मानिसहरुले नै अन्तिममा नैतिकता र महानताको लडाई जितेका उदाहरण कयौं पाइन्छन् । त्यसैमा आधारित एउटा संसारलाई रुवाउने संस्मरणात्मक कथा फेसबुकभरि भाइरल भयो ।

एक सात बर्षीय छोरा, जसले उपल्लो कक्षामा भर्ना हुन पायो । कक्षामा ऊ सधैँ अब्बल दर्जामा आउँदै थियो ।हिजो मात्रै हो तलब आएको, मैले उसलाई नयाँ स्कूल ड्रेस अनि जुत्ता किन्न बजार लिएर गएँ । पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक बर्षलाई त भैहाल्छ नि भन्दै जुत्ता किन्न इन्कार गर्यो । बरु मलाई जुत्ता किन्नको साटो हजुरबुबाका कमजोर आँखाका लागि नयाँ चश्मा किन्न सुझायो ।

छोराले हजुरबुबालाई अत्यन्यै माया गर्छ । आफ्नो जुत्ता भन्दा हजुरबुबाको चश्मा बढी जरुरी ठानेर त्यसो भनेको होला भनेर मैले आफैलाई सम्झाएँ । जुत्ता पछि मैले उसलाई पोशाक पाइने पसलमा लिएर गएँ । पसलवालाले छोराको साइजको सेतो कमिज निकाल्यो, शरीरमा बाहिरबाटै सजाएर हेर्दा एकदम फिट भएको थियो । तर पनि उसले अलि लामो कमीज देखाउन भन्यो अनि मैले किन यसो भनेको यही त ठिक्क भएको छ नि भन्दै थिएँ ।

केही छैन बाबा कम्मरमा त मैले कमीज भित्रै हाल्नु पर्छ अलि अलि ठूलो भएर केहि हुन्न अलिकति ठूलो भयो भने यही कमिजले मलाई अर्को साललाई पनि काम लाग्छ म अलिकति बढेँ भने पनि यसैले हुन्छ । पोहोर सालको कमीज पनि त नयाँ जस्तै त छ नि तर अलि छोटो भएर पो लगाउन नमिलेको भनेर आफैलाई सम्झायो । म बोल्नै सकिन । लुरुलुरु दुवैजना घर आइपुग्यौँ । घर आएपछि छोरोसँग सोधेँ तिमिलाई यति धेरै कुरा कस्ले सिकाउँछ । बाबा म देखिरहन्छु कहिले आमाले आफ्नो साडी नकिनेर, कहिले हजुरले पुरानै जुत्ता मर्मत गरेर पनि मलाई नयाँ किताब अनि कपडाहरु किनिदिनु हुन्थ्यो ।

टोल छिमेकमा सबैजना भन्ने गर्दथे हजुर एकदम इमान्दार मानिस हुनुहुन्छ । अनि हाम्रै छिमेकी राजुको बाबालाई सबैजना चोर, कुकुर, बेइमान, भ्रष्टाचारी यस्तै के के जाति भन्ने गर्दथे । जबकी हजुरहरु दुवैजना एकै अफिसमा काम गर्नु हुन्थ्यो । जब मानिसहरु हजुरको प्रशंसा गर्दथे मलाई एक दम आनन्द लाग्दछ, खुशी लाग्दछ । आमा र हजुरबुबा पनि हजुरको उस्तै तारिफ गर्नु हुन्छ ।

बाबा, म चाहन्छु कि बरु मलाई जीवनभर कुनै नयाँ कमीज नमिलोस, नयाँ जुत्ता नमिलोस तर हजुरलाई कसैले चोर, बेइमान, भ्रष्टाचारी, कुकुर आदि यस्तै भन्न नसकोस । म हजुरको ताकत बन्न चाहन्छु कमजोरी होइन । छोराको कुरा सुनेर म निरुत्तर थिएँ । पहिलो पटक मलाई मेरो इमान्दारीको इनाम मिलेको थियो । जीवनकाल भर धेरै दिन पछि आँखामा खुशी, गर्व र आत्म सम्मानका आँशु बगिरहेका थिए ।काठमाण्डु टुडेकाे सहयाेगमा

तपाईको प्रतिक्रिया