Salman-Aishwarya

एजेन्सी /  बलिउड दबंग सलमान खान र ऐश्वर्या रायले कहिल्यै आफ्नो ब्रेकअपको बारेमा खुलेर बोलेका छैनन् । लामो समयको प्रेम सम्बन्ध पछि छुट्टिएका सलमान र ऐश्वर्या आ–आफ्नो जिन्दगीमा अघि बढिसकेका छन् । ब्रेकअप पछि हालै सलमानले पहिलो पटक ऐश्वर्याको बारेमा प्रतिक्रिया जनाएका छन् । बलिउड मिडियाले जनाए अनुसार करण जौहरको फिल्म ए दिल हे मुश्किलको टिजर हेरपछि सलमानले आफूलाई रोक्न सकेनन् र भने – ’सी इज सो व्युटिफूल ।’

 उसो त ऐश्वर्या राय यस उमेरमा पनि निकै सुन्दर देखिन्छिन् । ए दिल हे मुश्किलमा ऐश्वर्यालाई अभिनेता रणवीर कपुरसँग रोमान्स गरेको देख्न सकिन्छ । फिल्ममा अनुष्का शर्मा र फवाद खान पनि देखिएका छन् ।

तपाईको प्रतिक्रिया