banda

१८ कात्तिक, काठमाडौं । ८१ दिनदेखिको बन्दले यातायात क्षेत्र अस्तब्यस्त भएको भन्दै विराटनगरका ब्यवसायी र मजदुरले बुधवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् ।

ब्यवसायी र मजदुरबीच मंगलबार विराटनगरमा भएको छलफलले बुधवारदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात ब्यवसायी महासंघ कोशी अञ्चल उपाध्यक्ष उत्तमराज चौंलागाईँले यातायात ब्यवसायी पलायन हुने अवस्थामा पुगिसकेकाले जोखिम मोलेरै पनि यातायात सञ्चालन गर्न लागिएको जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।

आन्दोलनको क्रममा ८० दिनसम्म सवारी साधन बन्द गरिएको उल्लेख गर्दै चौंलागाईँले अब धान्ने अवस्था नभएको बताए । मधेसी मोर्चाले ब्यवसायीको समस्या बुझिदिनुपर्ने उनले बताए ।

इन्धन अभावले पूर्व्मा आधाजसो गाडी यसै पनि बन्द रहेको चौलागाईँले बताए । उनका अनुसार इन्धन अभावका कारण पूर्वी पहाडी रुटमा सञ्चालन हुने गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

मधेसी मोर्चाको बन्दले सुरसरी र मोरङको उत्तरी क्षेत्रमा प्रभाव नपरे पनि विराटनगर, इनरुवा लगायत दक्षिणी क्षेत्र भने ठप्प छ ।

 

तपाईको प्रतिक्रिया