obama-duterte-split-2-overlay-tease

२१ भाद्र, बेइजिङ / फिलिपिन्सका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आमा सम्बोधन हुने अश्लील गाली गरेपछि अमेरिकाले द्विपक्षिय बैठक रद्द गरेको छ । जी२० देशहरुको सम्मेलनका अवसरमा फिलिपिन्सका राष्ट्रपनि रोड्रिगो डुटर्टले ओबामालाई अश्लील गाली दिँदै मानवाधिकारमाथि अमेरिकाले भाषण गर्न बन्द गर्न भनेका थिए ।

रोड्रिगो डुटर्टे ले एउटा प्रेस कन्फ्रेंसमा भने, “ओबामा, तिमीलाई शिष्ट हुनु आवश्यक छ । कुनै प्रश्न र बयानबाजी नगर । यदि यसो गरेमा मैले पनि मञ्चबाटै धिक्कार्नेछु । के सम्झिन्छ् यिनीहरुले आफूलाई । म अमेरिकाको कठपुतली होइन, एउटा स्वायत्त देशको राष्ट्रपति हो । म फिलिपिन्सका जनतासँग मात्रै उत्तरदायी छु ।” उनले ओबामालाई गाली गर्दै “रण्डीको छोरा” सम्म भनेका थिए ।

जी २० को सम्मेलन सकेर लाओस गएको बेला ओबामाले फिलिपिन्समा लागु औषधको मुद्दामा गम्भीर मानवाधिकार उल्लंघन भएको बताएका थिए । लागु औषध नियन्त्रणका नाममा मानिसहरुको हत्या भइरहेकोमा ओबामाको आपत्ती थियो । फिलिपिन्सले भने आफ्नो देशमा जसरी पनि लागुऔषध नियन्त्रण गर्ने र यसमा कसैले बोल्न नमिल्ने बताउँदै आएको छ ।

ओबामाले यो विषय बैठकमा उठाउने भनेपछि फिलिपिनी राष्ट्रपतिले शुरुमा अंग्रेजीमा त्यसपछि स्थानीय तागालग भाषामा ओबामालाई गाली गरेका हुन । ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्वेनसँग आज भेट्ने कार्यक्रम छ । एभरेष्ट दैनिकबाट

 

तपाईको प्रतिक्रिया