तरुण दल सुनसरीको जिल्ला सचिवमा रमेश कटुवाल
नेपाल तरुण दल सुनसरी जिल्लाको चौथो अधिवेशनबाट इनरुवा तरुण दलका पुर्व अध्यक्ष एवंम जिल्ला सह-सचिव रमेश कटुवाल तरुण दलको जिल्ला सचिवमा निर्विरोध निर्वाचित भएका छन्।धरानमा सम्पन्न चौधो जिल्ला अधिवेशनबाट सर्व सहमतिमा निर्वाचित भएका हुन।
इनरुवा अनलाइनलाइ दिनु भएको जानकारी अनुसार नव निर्वाचित जिल्ला सचिव रमेश कटुवालले “जिल्ला भरिका तरुण युवाहरुलाई आफ्नो कार्यकालमा संस्थागत गरि एक जुट बनाइ प्रभावकारी ठंगले तरुण दललाई सक्रिय गराउने छन्।”
इनरुवा – २ घर भएका रमेश कटुवाल विभिन्न संघ संस्थाहरुमा सक्रिय भई कार्यरत छन् । इनरुवा जेसिसका निवर्तमान अध्यक्ष उनि विगत आठ वर्ष देखि इनरुवाका कर्मठ व्यापारी हुन, गृह लक्ष्मी सहकारीका साथै काउनसिल फर कमन्युटि डेभलोपमेन्ट नेपाल नामक संस्था सञ्चालन गर्दै अाएकाछन्।
तरुण दल इनरुवा नगर सभापतिमा सुरेन्द्र शाह
नेपाल तरुण दल इनरुवा नगर कार्य समितिको नगर सभापति पदमा इनरुवा – २ का सुरेन्द्र शाह निर्विरोध निर्वाचित भएका छन्।
जानकारी अनुसार भाद्र १ गते इनरुवाको पार्टि कार्यालयमा भएको अधिवेशनमा सभापति पदमा शशि थापा मगर तथा सुरेन्द्र शाहको उमेदवारी दर्ता भएको थियो भने उक्त समय सहमतिकालागि अधिवेशन स्थगित गरिएको थियो।भाद्र २० गते शशि थापा मगरले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन जस अनुरुप सुरेन्द्र शाह तरुण दल इनरुवा नगर कार्य समितिको चौथो नगर अधिवेशनबाट सर्वसहमतिमा नगर सभापति पदमा निर्वाचित भएका हुन।
नव निर्वाचित नगर सभापति सुरेन्द्र शाहका भनाई अनुसार “इनरुवा नगर भित्रका प्रत्येक वडाहरुमा संगठन विस्तारका संगै नगर भित्रका तरुण युवाहरुलाई संगठित गर्दै लैजाने मुख्य योजना हो।”