२२ भदौं, दिलिप  साह, सप्तरी । प्रेस सेन्टर नेपाल सप्तरीले गोपाल प्रसाद गुप्ता र प्रदेश नं. २ का संयोजक देवराम यादवलाई प्रेस सेन्टर नेपालको साधारण सदस्यताबाट निष्काशनको सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष राजु विश्वकर्माले बुधवार प्रेस बिज्ञप्ती जारी गरि गुप्ता र संयोजक यादवमा वैचारिक पथ विचलन भई प्रेस सेन्टर नेपालको उद्देश्य विपरितका व्यक्ति सद्भावना पार्टीमा गएका भुपेन्द्र मण्डल, जिवछ दास, क्रान्तिकारी पत्रकार संघबाट राजीनामा दिईसकेका महेन्द्र मण्डल (वनवारी), पत्रकारितामा नदेखिएका र नसुनिएका प्रमेश्वर मण्डल, जिवछ यादव, जितेन्द्र गुप्ता, नेकपा माओवादी केन्द्रलाई सार्वजनिक स्थलमै गाली गर्ने दिनानाथ यादवलाई लगायतको सहभागितामा कथित प्रेस सेन्टर नेपाल सप्तरी शाखामा समिति गठन गरिएको उल्लेख छ ।

गुप्ता र यादव दुबै जना पार्टी र प्रेस सेन्टर नेपालको निति तथा उद्देश्य तथा विपरित कथित समिति गठन गरिएकोले प्रेस सेन्टर नेपालको विधानको परिच्छेद–३को ८(ग), ९(ङ)को बमोजिम प्रेस सेन्टर नेपालको साधारण सदस्य समेतबाट निष्कासनको लागि प्रेस सेन्टर नेपाल प्रदेश नं. २ तथा केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय सर्वसहमतिबाट भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रेस सेन्टर नेपाल सप्तरी शाखाले नयाँ सदस्यतता र नविकरणका लागि भदौ मसान्त सम्मको समय सीमा तोकिएको छ भने लेवी र बैंक खाता स्थानीय बैंकमा विधान अनुसार खोल्ने समेत निर्णय गरेको विज्ञप्तीमा जनाएको छ ।

साथै प्रेस सेन्टर सप्तरीका उपाध्यक्षद्वय श्यामसुन्दर यादव र अरुण कुमार तिवारीलाई अरु पार्टीको सदस्य रहेको भनि केही व्यक्तिहरुले गरेको प्रचारबाजी गलत र भ्रमपुर्ण रहेको ठहर गर्दै बिना प्रमाण कपोकल्पीत रुपमा यस्ता किसिमको प्रचार नगर्न समेत सचेत गराउने निर्णय गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया