udhog banijya sangh inaruwa

२२ भाद्र, इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा पञ्चदेव मेहता सर्वसम्मत चुनिएका छन् ।
भरखरै प्राप्त जानकारी अनुसार मेहता अध्यक्ष पदमा निर्विरोध चुनिएका हुन् ।

उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनको मिति यही २५ गते तोकिएपनि सर्वसम्मतिको पहल भैरहँदा अध्यक्षमा मेहता चुनिएको उद्योग वाणिज्य संघ इनरुवाका सदस्य सुरेन्द्र शाहले इनरुवा अनलाइनलाई जानकारी दिए ।साहका अनुसार मुख्य ५ पदमा भरखरै सहमति बनेको छ ।

जसअनुसार उपाध्यक्षमा केदार ओझा, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा गिरिराज अटल र सहसचिवमा रोशन खड्का रहेका छन् ।
बैठक जारी रहेको र बाँकी पदहरुमा समेत सहमतिको प्रयास भैरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया