koshi desert safari katan1

२२ भाद्र, सुनसरी/ वालुवा माथि व्यवसाय शुरु गरेका सुनसरीका पर्यटन व्यवसायीले मरुभुमि जस्तो देखिने जमिनमा विरुवा लगाई हरियाली बनाएका छन् । सुनसरीको श्रीपुरजब्दिमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न २७ विगाहा जमिनमा १५ करोडको लगानीमा निर्माण शुरु भएको न्यु कोशी ड्रिजर्ट सफारीको निर्माण कार्यलाई तीव्र पारिएको हो ।

सोहि क्रममा मंगलवार सुनसरी प्रहरी प्रमुख तथा नेपाल अनुसन्धानका जिल्ला प्रमुखले नयाँ लगानीकर्ताको निर्माणस्थल अवलोकन गर्दै वृक्षारोपणको शुरुवात गरेका छन् । प्रहरी प्रमुख पोषराज पोख्रेल र अनुसन्धान प्रमुख नगेन्द्र दाहालले सफारी निर्माण स्थल अवलोकन गरि विभिन्न प्रजातीका विरुवाहरु रोपेका छन् ।

प्रहरी प्रमुख पोख्रेलले पर्यटन व्यवसायमा हात हालेका पुर्वाञ्चलका व्यसायीले थालेको यो नौलो कदम उदाहरणिय रहेको बताए । त्यस्तै अनुसन्धान प्रमुख दाहालले पर्यटन व्यवसाय नेपालको आार्थिक स्रोतको दरिलो आधार रहेको भन्दै सबैले हौसला प्रदान गुर्न पर्ने बताए ।  निर्माणकर्ताका अनुसार सो जमिनमा बन्न लागेको संरचनाले समुन्द्रको झल्को दिनेछ । नेपाल भुपरिवेष्ठित मुलुक भएको हुनाले ठुला ठुला नदि भएता पनि सामुन्द्रिय मनोरञ्जन लिनबाट बञ्चित भएका व्यक्तिले आनन्द लिन पाउने निर्माणकर्ता सतिश पोख्रेलले बताए ।

koshi desert safari katan

विभिन्न मनोरञ्जनात्मक खेलसँगै उचित पर्यटकिय गन्तव्यको निर्माण गरिएको सो क्षेत्रमा भारतिय पर्यटकलाई तान्ने लक्ष्य रहेको व्यवसाय राधेश्याम पौडेलले जानकारी दिए ।  उक्त क्षेत्रका स्थानियले समेत खेर गएको जमिनमा नयाँ व्यवसाय सँचालन हुन सके जग्गाको मुल्याँकन बढ्ने र युवाहरुले रोगजारी पाउने विश्वास व्यक्त गरेका छन् ।

पुर्व पश्चिम राजमार्गसँग जोडिएको उक्त क्षेत्रमा प्रयोगविहिन भएको जमिनलाई सदुपयोग गरिएको छ । यस्ता धेरै जमिन वेकामे बनेर रहेका बेला केहि न केहि गर्न सकिन्छ भन्ने सन्देश दिनपनि आफुले यति ठुलो लगानी गरेको व्यवसायीहरुको भनाई छ । उक्त जमिनमा विभिन्न आकर्षक सँरचना, रेष्टुरेन्ट, फिल्महल, स्वीमिङपुल, वालुवामा यात्रा गर्ने सवारी साधन, लगाएतका दर्जनौँ सेवा सुविधाहरु उपलव्ध हुनेछन् ।

koshi desert safari katan2

०६५ सालमा कोशी नदिको भंगालो वस्ति तिर पस्दा सुनसरी जिल्लाका कयौँ विगाहा खेती योग्य जमिन वगरमा परिणत भएका थिए । दर्जनौं विगाहा जमिनका मालिक रहेका सुनसरीका कृषक हेर्दा हेर्दै सुकुम्वासीमा परिणत भए । त्यस पश्चात वर्षै देखि वालुवा माथिको आशा नियालेर बसेका यस भेगका स्थानिय, अहिले नयाँ व्यवसायिले सोहि ठाउँमा लागानि गर्न तम्तयार बने पछि हर्षित बनेका छन् ।

 

तपाईको प्रतिक्रिया