melmilap kendra purbakushha itahari

२२ भाद्र, इटहरी। साना तिना विवादको कारण आफुहरुले अपराध जन्य मुद्धाहरुलँई समय दिन नसकेको अबस्थामा अब मेलमिलाप केन्द्र स्थापना भएपछि भने इलाका प्रहरी कार्यलय लाई धेरै बोझ कम भएको प्रहरी निरीक्षक शिबहरी पाख्रेलले बताए ।

समुदायका सामान्य प्रबृत्तिका विवाद समुदायमा नै मिलाउने उदेश्यले आज सुनसरीको पुर्वकुशाहामा सामुदायीक मेलमिलाप केन्द्र उद्घाटनको क्रममा पाख्रेलले बताएका हुन । कार्यक्रममा सुनसरी जिल्ला अदालतका माननीय न्यायधिस रमेसराज पोख्रेलको प्रमुख आतिथ्यतामा मेलमिलाप केन्द्र उद्घाटन भएको हो न्ययाधिसले पुर्वकुशाहाका ३० जना मेलमिलापकर्ताहरु ८ दिने तालिम लिएपछि अदालतसंग सम्बन्धित भएको भन्दै ,विवाद मिलाएर पक्ष पक्षको जित जित महशुस गराई सामाजिक सद्भाव कायम गर्नका लागी रातो टिका लगाएर विावद मिलाउनका लागी अनुमति प्रदान गरेका थिए ।

कानुन अन्बेषण तथा श्रोत बिकास केन्द्र सेर्लडको आयोजना तथा युके एड र सर्च फर कमन ग्राउण्डको सहयोगमा भएको उक्त कार्यक्रम अन्र्तगत सुनसरीका ७ वटा गाउबिकास समितिमा गरिब तथा पिछाडी पारीएका समुदायमा सबलीकरण गरी न्यायमा पहुच पुर्याउने उदेस्यले गरीएको कार्यक्रममा एक गा.बि.स.का २७ जनालाई ८ दिनको तालिम दिएर मेलमलापकर्ता बनेपछि गा.बि.स.मा मेलमिलाप केन्द्र स्थापना गर्ने सुनसरी कार्यक्रम संयोजक बिरेन्द्र बस्नेतले जानकारी गराएका थिए ।

समुदायमा भएका विवादलाई समुदायमा नै मिलाएर दुबै पक्ष लाइ जितको महशुस गर्ने मेलमिलाप कार्यक्रमको प्रसंसा गर्दे नेपाल बार एसोसिएसनका सचिव यामनाथ गुरागाई ले मेलमिलापको सुन्दर पक्ष नै पक्ष पक्ष को जीत भएकोले यसको महत्व रहेको बताएका थिए ।

कार्यक्रममा सुनसरी जिल्ला अदालतका न्यायधिस भिष्म प्रसाई , औरावनी गाउबिकास समतिका संयोज विरनारायाण चौधरी ,स्थानीय राजनैतिक दलहरुको उपस्थििति रहेको थियो । पुर्वकुशाहा गा वि समा भएका विवादहरुलाई गाउमै समाधान गरी समृद्ध गाउ बनाउन यस कार्यक्रम ले महत्वपुर्ण भुमिका हुने अतिथिहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया