२२ भाद्र, मोरंग । गणेश चतुर्थीको अवसरमा गरिने गणपति महोत्सव बिराटनगरमा हिजोबाट सुरु भएको छ । मोरंगका प्रहरी प्रमुख सन्दिप भण्डारीले महोत्सबको उद्घाटन गरेका थिए भने महोत्सब शनिबार सम्म मनाइने आयोजकले बताएको छ ।

गणेशको रुद्राक्षले सजाइएको २० फिटको अग्लो मुर्ति बिराटनगरको गुद्रीमा स्थापित गरिएको छ । सो मुर्तिमा ७० किलो रुद्राक्ष प्रयोग गरिएको आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया