२३ भाद्र, दिलिप साह सप्तरी। तराई–मधेशमा बसोबास गर्ने मध्ये सवै भन्दा मिहिनेती जाति भनेर कसैलाई सोध्नुभयो भने, ‘मुसहर’ भनेर सहजै उत्तर पाउनुहुन्छ । तर जतिसुकै मिहनेत गरेपनि दुई छाक टार्न यो जातिलाई हाम्मै पर्छन । तराई मधेशमा सवै भन्दा गरिब, विपन्न र पछाडी परेको यथार्थता भन्ने कसैवाट लुकेको छैन ।

न त यिनीहरुको आर्थिक अवस्थामै परिवर्तन आएको छ न त चेतनाको स्तर वा सामाजिक अवस्थामै खासै परिवर्तन देखिएको छ । सप्तरी जिल्लाको बभनगामाकट्टी गाबिस ३ तोपाका बमभोली सदा ५० वर्षका भए । उनका वुवा बेचन सदाको जवानी र बुढापा गाउकै समपन्न ब्यक्तीको घरमा नोकर (हरुवाचरुवा) भएरै बित्यो ।

मर्नुअघि सम्म बेचन सदा नोकरकै काम गर्दै थिए । पाँच वर्षअघि बेचनको मृत्यु भएको हो । उनका छोरा बमभोलीको पनि जवानी अरु कहा गाई गोरु चराउदै गोबर सोर्हदै, हलो जोत्दै नै बित्यो । बमभोलीका भाई सकुन्ता सदा दुई वर्ष अघि संसार छोडनु भन्दा पहिले सम्म मजदुरी र अरुकोमा नोकरी गर्दे बिताए ।

मजदुरीको क्रममा भारतको पञ्जावमा मेसिनमा काटिएर सकुनताको दुईवर्ष अघि मृत्यु भएको थियो । बेचनका पाच छोरा मध्ये बमभोली र सकुन्ता मात्र होइन् हरि,जिलेबी र महेन्द्र सदा सबै मजदुरी या साहुकोमा नोकरी गर्दे जिवन यापन गर्दे आएका छन् । बमभोलीका हजुरवुवा झमेली पनि गाउमा समपन्न ब्यक्तीको घरमा नोकरी गर्दे बितेको उनलाई स्मरण छ । अहिले बमभोलीका छोरा पनि ट्रयाक्ट्रमा मजदुरी गरिरहेका छन् । सदा परिवारको यो चार पुस्तेमा केही पनि पढेलेखेका थिएनन् र छैनन पनि ।‘हामी त पुस्तौदेखी अरुकोमा नोकरी गर्दे आएका छौ,जसोतसो खान पुगेको छ’,बमभोलीले भने,‘गरिबका गरिब नै रहयौ, आखिर कहिले आउँलान त हाम्रो जिवनमा परिवर्तन ।’

सोही ठाउका ८० वर्षिय दुलार सदा जिवनको उतरार्धमा छन् । उनका वुवा पाचु र हजुरवुवा फागु सदा पनि गाउमै नोकरको काम गर्थे । दुलारले पनि बुद्ध अबस्थामा पुग्नु अगाडी सम्म त्यही कार्यस“गै माटो काटने काम गरे । दुलारका भतिजा भुटाई सदा पनि अहिले मजदुरी नै गरिरहेका छन् । ‘हाम्रो परिवारको अबस्थामा मेरो हजुरवुवाको पालादेखी अहिले मेरो नातीको पाला सम्म कुनै भिन्नता छैन्,दिनभरी कमायो राती खायो फेरी बिहान उस्तै ।’

‘हाम्रो त भाग्य नै यस्तो रहेछ के गर्ने ?’, दुलारले भने, ‘चारपाच पुस्तादेखी म हेरिरहेको छु कहिल्यै उभो लाग्न सकिएन्,अब त जसो तसो पेट पाल्न सक्नु नै हाम्रो सफलता हो भन्ने बुझेर बाचेका छौ ।’

बमभोली र दुलारका परिवार मात्र होइन् यो गाउमा रहेका ७० परिवार मुसहर समुदायका सबैको अबस्था यस्तै छ । कोही नोकरको काम गरिरहेका छन् त कोही रिक्सा चलाउदै वा कोही ट्रयाक्टरमा काम त कोही मजदुरी । यी परिवारहरू मध्ये प्रायजसो सुकुम्वासी छन् । केही अरुको जग्गामा घर वनाएर बसेका छन् त कोही ऐलानीमा वा कोसी नहरको डिलमा बसोवास गरिरहेका छन् ।

‘चुनावका बेला त भोट माग्न आउने नेताले धेरै लम्बाचौडा भाषण गरेर जान्छन् तर हाम्रो समु्दायको अबस्था उकास्ने तर्फ फर्केर कोही आउदैनन्’, उक्त टोलका अगुवा देवन सदाले भने । यी समुदायको मुल समस्याकै रुपमा भुमी रहेको छ । आफनो जग्गा नहुदा राज्यवाट प्रदान गरिने धेरै सेवा सुबिधावाट आफुहरू बण्चित हुनुपरेको स्थानिय बुलन सदाको भनाई छ ।

स्थानिय जनता माध्यमिक विद्यालय तोपाको ब्यबस्थापन समितीकी सदस्य समेत रहेकी दसनीदेबी सदाले मुसहर समुदाय शिक्षामा पनि पछाडी रहेको बताइन् । पछिल्लो समय विद्यालय पठाउने दरमा बृद्धी भएपनि अझै पनि मुसहर समुदायका धेरै वालवालिकाहरू विद्यालय वाहिर रहेका छन् । उनका अनुसार वावुआमाले छोराछोरीलाई घरमै राख्ने, विद्यालय नपठाईदिने गरेका कारण समुदायको शैक्षिक उन्नती हुन नसकेको हो । टोल टोल घर घरमा गएर वालवालिकालाई विद्यालय पठाउन आग्रह गर्ने गरिएपनि धेरै अभिभावक सानैमा काममा लगाउने विद्यालय नपठाईदिने गरेको उनले बताए ।

यस्तै बेरोजगारी समस्याले पनि नराम्ररी गाजेको छ यो समुदायलाई । शिक्षाको कमीका कारण मजदुरी नै एक मात्र सहारा रहेपनि मजदुरी गरेर परिवार पाल्न मुस्किल हुने र सोचेजस्तो रोजगारी पनि नपाइने भएकाले मुसहर समुदायमा बेरोजगारी समस्या बढदै गएको स्थानिय नथुनी सदाले बताए । सिमित संख्यामा बैदेशिक रोजगारीमा पनि गएका छन् । तर रोजगारीवाट कमाएर ल्याएको पैसा पनि उत्पादनमुलक क्षेत्र भन्दा बिलासिताको सामान खरिदमै लगाउने गरेका कारण आर्थिक अबस्था उस्तै रहने गरेको छ ।

मुसहर बस्तीमा पुग्दा अधिकांस वालवालिका नाङै देखिन्छन् । नाङै शरिर भुईमा खेलिरहने नियती झै भएको छ यो समुदायका वालवालिकाको । आर्थिक विपन्नताले वालवालिकालाई शरिर ढाक्ने कपडा समेत प्रयाप्त रुपमा दिन सक्ने अबस्थामा छैनन् अधिकांस मुसहरहरू । जाडो महिनामा पनि यी समुदायका वालवालिका चिसो भुईमा गुन्द्री आढेर बिताउनुपर्ने बाध्यता झेल्दै आएको छ । कपडाको मात्र होइन् खानाको समस्या पनि त्यस्तै छ । मजदुरी गर्ने परिवारमा केही भएर एक दिन काममा नगए वा काम नलागे परिवार भोकै बस्नुपर्ने पीडा रहेको बमभोली सदा बताउछन् ।

आर्थिक,शैक्षिक रुपमा समस्यामा रहेका मुसहर समुदायलाई राजनितीमा पनि अवसरवाट वण्चित गराउने गरिएको अगुवाहरूको भनाई छ । सदभावना पार्टीका नेता रहेका देवन सदा भन्छन्–कही दलहरूमा सामान्य पदमा राख्ने वाहेक मुसहर समुदायलाई राजनितिक अवसरवाट वण्चित गराइने गरिएको छ ।’ उनका अनुसार मुसहर समुदायलाई दलहरूले चुनावको बेला भोट बैंकको रुपमा प्रयोग गर्ने र चुनाव सकिएपछि बिर्सिदिने गरेका छन् ।

मुसहर समुदायवाट राजनितीमा पछिल्लो समय सबभन्दा उचाईको पदमा पुगेका छन् सप्तरीमा अर्सफी सदा । जनमोर्चा नेपाल हुदै तात्कालिन नेकपा माओवादीमा प्रबेश गरेका असर्फी अन्तरिम कालमा माओवादीवाट मनोनित सभासद बनेका थिए । उनि अहिले एकिकृत माओवादीका सप्तरीका नेता हुन् । असर्फी वाहेक राजनितिमा कुनै पनि मुसहर समुदाय अगाडी बढन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया