Taplejungसन्तोष पुर्कुटी / ताप्लेजुङ, १७ कत्तिक – प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका देउमान लिम्बु ( हाराहाङ्) को नेतृत्वमा रहेको अपराधिक समुह र प्रहरीबिच आज साझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एक जनाकोज्यान गएको छ ।

दोहोरो भिडण्तमा दुई प्रहरी सामान्य घाईते भएका छन् । अहिले साँझ करीव पाँच बजे जिल्लाकै सान्थाक्रा ६ मा अपराधिक समुहको खोजीमा खटिएको प्रहरी निरीक्षक देवि फागोको टोलि माथि हाराहाङ सहितको ४÷५ जनाको समुहमा रहेको अपराधिक समुहले अकस्मात फायरीङ गर्दा दोहोरो भिडण्त भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।

भिडण्तको क्रममा प्रहरीको गोली लागि अपराधिक समुहका एक जनाको घटनास्थलनमानै मृत्यू भएको र उनको साथबाट समिर लिम्बु नाम गरेको नागरीकता फेला परेको डिएसपि कोईरालाले जानकारी दिनुभयो । अपराधिक समुहको गोली लागी दुई प्रहरी सामान्य घाईते भएका छन् ।

घटनास्थलबाट प्रहरीले सकेटबम, पाईप बम, कम्ब्याक ड्रेस, बारुद, विजुलीको तार, १४ हजार नगद, व्याट्री, चार थान झोला फेला परेको छ । घटनास्थललाई घेरामा हाली अहिले सर्च गरीरहेको प्रहरी प्रमुख कोईरालाले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य फरार रहेका छन् । उनिहरुको खोजीकार्य जारी रहेको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया