udhog banijay inaruwa umedbar chunab

२३ भाद्र, इनरुवा। उद्योग बाणिज्य संघ इनरुवाको सदस्य पदकालागि कडा प्रतिस्पर्धा चलेको छ। मुख्य पाच पदमा सहमति भए लगतै बाकि १० सदस्य पदका लागि प्रतिस्पर्धा भएको हो।

बुधबार अबेर सम्म सदस्य पदकालगि कुनै सहमति नभएपछि चुनाबि प्रक्रियामा जाने निश्चय भएको हो। योगेन्द्र प्रसाद मेहता र पञ्चदेव मेहता समुह बिच बुधबार भएको सहमति अनुसार अध्यक्षमा पञ्चदेव मेहता, उपाध्यक्षमा केदार ओझा, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा गिरिराज अटल र सहसचिवमा रोशन खड्का निर्विरोध निर्वाचित भएका हुन।

“नवनिर्वाचित अध्यक्ष पञ्चदेव मेहताका अनुसार विपक्षि समुहले हामी संग गरेको सहमतिको विपरित गएका छन्। सदस्य पदकालिगि पनि सहमति प्रक्रिया मै जाने भनिएतापनि आफु खुशि प्यानेल खडा गरि स्वत्नत्र उमेदबारका नाममा चुनाबि प्रक्रिया रोजेको हो।”

१० सदस्य पदका लागि २१ जनाको उम्मेदवारी परेको छ । पञ्चदेव मेहता समुहबाट सदस्य पदका लगि मनोजकुमार जैन, रामकुमार मेहता, चन्द्रप्रसाद रिजाल, रियाज आलम, जुनु रावली, त्रिलोकचन्द्र गुप्ता (गुडडु) , राजेश मेहता, बुधनारायण महतो (बुधसागर) , सुरेन्द्र कुमार शाह र लालबहादुर श्रेष्ठ रहेका छन् ।

श्रोतले दिएको जानकारी अनुसार स्वतन्त्र  व्यावसायिहरुले सदस्यहरुको छुटै प्यानेल खडा गरेका छन् । जसमा मनोजकुमार शर्मा, पंकज कुमार भगत, शिब कुमार यादव (शिबु),  गौतम झा, मो. फिरोज आलम, अशोक कुमार पोद्दार,  सीताराम पाठक, चिरिञ्जिबी बस्नेत, इसा अन्सारी, महेश पन्त र कृष्ण प्रसाद मेहता  रहेका छन ।

“दुवै तर्फ बाट भोट माग्ने कार्य तिव्र रुपमा भैरहेको छ।नगर भित्रका व्यापारीक केन्द्रहरुमा भोट माग्ने उमेदवार समुहको भिड देख्नसकिन्छ।अन्तिम परिणामकोलागि भाद्र २५ गते नै कुर्नुपर्ने हुन्छ।” नि. वर्तमान अध्यक्ष कैलास पञ्चरियाले इनरुवाअनलाईन संगको संक्षिप्त कुराकानीमा जानकारी दिनुभएको हो।

पञ्चदेव मेहता समुहका सदस्य पदका उमेदवार सुरेन्द्र कुमार शाहका अनुसार “नगरका उधोगि व्यापारीले अवश्य पनि योग्य र संघ प्रति सकारात्मक सोच राख्ने, सम्पुर्ण व्यापारीको हित सोच्ने कर्मठ सदस्यहरु नै चुन्नेछन्।” उमेदवार शाह वर्तमान उद्योग बाणिज्य संघ इनरुवाको कार्य समितिका सदस्य पनि हुन्।

उद्योग बाणिज्य संघ इनरुवामा कुल  १३६५ मतदाता सदस्य संख्या रहेको छ भने सदस्य पदको लागि भदौ २५ गते मतदान हुने छ ।

तपाईको प्रतिक्रिया