शिक्षा दिवसको अवसरमा आयोजित समारोहमा सम्मानसाथ पुरस्कार ग्रहण गर्दै शिक्षकहरु ।
शिक्षा दिवसको अवसरमा आयोजित समारोहमा सम्मानसाथ पुरस्कार ग्रहण गर्दै शिक्षकहरु ।

२३ भदौं, दिलिप  साह सप्तरी । ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा सप्तरीको शिक्षा क्षेत्रमा अमूल्य योगदान पु¥याएका विभिन्न क्षेत्रका गरी एक सय ९६ जनालाई एक समारोहबीच बिहीबार सम्मान गर्दै पुरस्कृत गरिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा सन २०१२ मेई २२ देखि २०१४ मेई २२ सम्ममा अवकाश प्राप्त शिक्षक र विभिन्न स्रोत केन्द्रबका उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति, बालविकासका सहजकर्ता, जग्गादाता, र गैससलाई पुरस्कृत गरेको हो ।
सन २०१३ मेई २२ देखि २०१४ मेई २२ सम्ममा अवकाश प्राप्त शिक्षक प्रावि केन्द्र नं. ५ का अंगुर श्रेष्ठ, जनिमाविका अनिरुद्ध यादव, भृकुटि मावि धरमपुरका कमलनारायण सिंह, मुजरा राप्राविका कुशुमलाल चौधरी, उमावि बथनाहाका कृष्णकुमार मण्डल, सनिमाविका डोमी साहु, श्री ५ महेन्द्र माविका राजदेव साह, राजेन्द्र चौधरी, जरामेमावि ब्रहमपुरका सत्यनारायण साह, कञ्छु नरप्रताप उमाविका हरिनारायण यादव र स्रोत व्यक्ति रामप्रसाद चौधरी लगायत ५९ जनालाई प्रमाणपत्र, मेडल प्रदान गरेर दोसल्ला ओढाइ सम्मान गरेको छ ।

जिल्ला शिक्षा कार्यालय सप्तरीका शिक्षा अधिकारी शंकर लुँइटेलको अध्यक्षतामा आयोजित सो समारोहमा सन २०१२ मेई २२ देखि २०१३ मेई २२ सम्ममा अवकाश प्राप्त गरेको शिक्षक निमावि हरकट्टीका बंकर साह, राप्रावि बनौलीका बच्चा यादव, प्रावि बेल्हीका बिरेन्द्रप्रसाद चौधरी, जनिमाविका रामकृष्ण साह, राप्रावि तिलाठीका विनयकुमार झा, उमावि सिस्वाबेल्हीका रामनारायण साह, उमावि मानराजाका रामाकान्त यादव, जमाविका नागेश्वरप्रसाद साह, लवनउमाविका देवेन्द्र मिश्र, श्री ५ महेन्द्रका कृष्णदेव यादव, पविमाविका कृष्णकुमार दास, जरामप्रावि सिम्रहाका अमृतलाल साह, मावि भुर्किका हरिनारायण यादव र स्रोत व्यक्ति राजेन्द्रप्रसाद यादव सहित ६४ जनालाई सम्मान गरेको छ ।

जिल्ला शिक्षा समितिको आयोजना आयोजित समारोहमा उत्कृष्ट सेवा सम्मान मावि नकटी रायपुरका प्रअ परशुराम यादव, उच्चमावि भगवतपुरका निमाशि श्यामकुष्ण श्रेष्ठ, बालविकास मोहनपुरका सहजकर्ता लक्ष्मीकुमारी साह, पविउमाविका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रयागलाल यादव, मदरसा पीटिए अध्यक्ष मो. आसिन, प्रावि हनुमाननगरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनकुमार अग्रवाल, निमावि इनर्वाका सका रेखाकुमारी मण्डल, जनिमावि रञ्जितपुरका प्रअ किशोरकुमार साह, जग्गादाताहरु महामायाप्रसाद सिंह, सबुरलाल चौधरी, महेश लुइँटेल, कपलेश्वर यादव, शिब्स इन्टरनेशनलका पिन्सपल नरेशप्रताप साह, लगायत ७३ जनालाई प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आयोजित समारोहमा सम्मान गरी पुरस्कृत गर्दै विगतको भन्दा अहिले सामुदायिक विद्यालयहरुको भौतिक संरचना धेरै राम्रो रहेको भएपनि विगतको भन्दा अहिलेको शिक्षाको गुणस्तरीयाता खस्किदै गएको चिन्ता व्यक्त गर्नुभयो । सरकारको सबभन्दा बढी लगानी शिक्षामा रहेको भन्दै उहाँले सरकारको लगानी अनुसारको उपलब्धी भइनरहेको बताउनुभयो ।कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष फुलेश्वरकुमार मण्डल, शिक्षक संघका अध्यक्ष परशुराम यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्रप्रसाद साह, शिक्षक मञ्चका अध्यक्ष सुकदेव यादव, शिक्षक परिषदका अध्यक्ष देवुप्रसाद यादव लगायतले पूँजीवादी र सर्वहारा वर्गको अलग–अलग शिक्षालय प्रतिको बढदो आकर्षणले सामुदायिक विद्यालयको गुणस्तरीयतामा कमी आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया