एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार विवादित साउठ चाइना सीबारे अन्तर्राष्ट्रिय ट्रिबुनल अदालतबाट चीनलाई गरेको निर्देशन बाध्यकारी हुने बताएका छन् ।

चीनले उक्त अदालतको फैसलालाई बेवास्ता गरिरहेको बेला ओबामाको यस्तो भनाइ आएको हो ।सन् २०१६ को जुलाईमा भएको महत्वपूर्ण तर मध्यस्थ निदेशनले यस क्षेत्रको तटवर्ती अधिकारका लागि बन्धनकारी हुने कुरा प्रष्ट पारेको छ, ओबामाले लाओसमा भएको एसियाली नेताहरु सहभागी आसियान सम्मेलनका क्रममा भने ।

उनले उक्त फैसला ऐतिहासिक र बाध्यकारी हुने दाबी गरे ।साथ चाइना सीलाई रणनीतिक महत्वका जलमार्ग भएको र यो विगतदेखि चीनले प्रयोग गर्दै आएकाले यसमा उसको अधिकार रहेको भनी चिनले आफ्नो अडान राख्दै आएकोे आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया