bahubali3

चलचित्र बाहुबलीको तेस्रो संस्करण पनि बन्ने भएको छ । बाहुबलीका निर्देशक एसएस राजामौलीले बाहुबली ३ पनि बनाउने योजना रहेको बताएका छन् । तर बाहुबलीको यो संस्करण अघिल्ला सिक्वेल जस्तो नभएर विलकुलै फरक हुने राजामौलीले बताएका छन् । 

राजामौलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत बाहुबली ३ बनाउने तयारी सुरु भएको बारेमा जानकारी दिएका हुन् । उनले भनेका छन् ‘बाहुबली ३ बनाउने योजना बनि सकेको छ । तर बाहुबली र बाहुबली २ का लागि कथा लेखिसकिएको र त्यो बाहुबली २ मा नै सकिने छ । बाहुबली ३ मा नयाँ कथा समेटिने छ ।’ 

बाहुबली ३ दर्शकले अहिलेसम्म अनुभव नै नगरेको विषयमा बनाइने र यो उत्कृष्ट चलचित्र बन्ने राजामौलीले दाबी गरेका छन् । बाहुबली २ को छायाँकन भने आउँदो डिसेम्बरबाट फेरि सुरु गरिने जनाइएको छ । बाहुबली २ को ४० प्रतिशत छायाँकन भैसकेको छ । 

बाहुबलीमा राणा डग्गुबाती, प्रभाष, तमन्ना भाटिया, अनुष्का शेट्टी, रमैया कृष्णन र सत्यराज मुख्य भूमिकामा छन् । बाहुबलीको पहिलो भाग बाहुबली द बिगिनिङग गएको जुलाईमा प्रदर्शनमा आएको थियो । जसले बक्स अफिसमा कीर्तिमानी कमाई गरेको थियो ।

तपाईको प्रतिक्रिया