Junu

भाद्र २४ इनरुवा /उद्योग वाणिज्य संघ इनरुवाको नयाँ नेतृत्व चयनका लागि भोलि २५ गते हुने सदस्य पदको निर्वाचन प्रकृयामा एकमात्र महिला उमेद्वारका रुपमा बलाहाकी जुनु रावाली प्रतिष्पर्धामा उत्रिदै छिन् ।

यसअघिनै अध्यक्ष सहितका प्रमुख पदमा निर्विरोध भैसकेको छ । सदस्य पदका आकांक्षीहरु बढेकाले सर्वसम्मतिको पहल व्यर्थ हुँदा चुनावी प्रकृयाबाट निर्णय हुन लागेको हो । दशजना सदस्यकालागि २१ जनाको उमेद्वारी परेकाले तिव्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । सदस्य पदका स्वतन्त्र र संस्थापन गरी २१ को उमेद्वारी पर्दा महिलाबाट एकजनाको मात्र उमेदवारी परेको छ ।

संस्थापन तर्फबाट सदस्यका लागि जुनु रावली चुनावी प्रतिष्पर्धामा उत्रिदैछिन् । जुनु आफु एकमात्र महिला प्रतीनिधी भएकाले सवैको साथ र सहयोग मिल्नेमा आशावादी देखिन्छिन् ।

सदस्यका पदका लागि जुनुसँगै बुधनारायण महतो, चन्द्रप्रसाद रिजाल, रामकुमार महतो, लालबहादुर श्रेष्ठ, मनोजकुमार जैन, त्रिलोकचन्द्र गुप्ता, सुरेन्द्र कुमार साह,रिजाय आलम र राजेश मेहता चुनावी मैदानमा उभिएका छन् ।

त्यसैगरी स्वतन्त्र प्यानल तर्फबाट समेत सदस्य पदका लागि १० जना भिड्दैछन् । अशोक कुमार पोद्दार, मनोज शर्मा, पंकजकुमार भगत, शिव कुमार यादव, फिरोज आलम, सिताराम पाठक,चिरञ्जिवी बस्नेत, इशा अन्सारी,गौतम झा र महेश पन्तले उद्योग वाणिज्य संघ इनरुवा नयाँ नेतृत्वका लागि सदस्य पदमा प्रतिष्पर्धा गर्दैछन् । संघमा १३६५ मतदाता सदस्यहरु छन् ।

तपाईको प्रतिक्रिया