काठमाडौ, १८ कार्तिक । नयाँ संविधान लागू भएलगत्तै एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति’ संगठित गर्न सक्रिय नेता बाबुराम भट्टराईले पार्टी गठनको तयारी तीव्र पारेका छन्। भट्टराईले नयाँ शक्तिको रिहर्सलस्वरुप आन्तरिक जिम्मेवारीसमेत बाँडफाँट गर्न भ्याइसकेका छन् ।

यही बेला एकीकृत नेकपा माओवादीमा स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहित ४५ केन्द्रीय नेतृत्वले पार्टीमा लिखित असन्तुष्टि दर्ता गराएका छन्। भट्टराईले नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित आफू निकट नेतासँग सोमबार सानेपास्थित निवासमा छलफल गरेका थिए ।

त्यसको भोलिपल्टै पार्टी मुख्यालय, पेरिसडाँडामा उक्त असहमति दर्ता भएको हो । पौडेलको नेतृत्वमा गएको टोलीले पार्टी मुख्य सचिव हितराज पाण्डेलाई असहमतिपत्र बुझाएको थियो । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया