२४ भाद्र, काठमाडौँ / शुक्रबारदेखि देशका ८० बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले बिहानी शोमा उल्लेख्य दर्शकको साथ पाएको छ । चावाहिलस्थित गोपिकृष्ण मुभिजमा बिहानी शोमा मात्रै दुई वटा हल हाउसफूल भएका छन् । गोपि र नम हाउसफूल भएपछि अर्को हलको पनि टिकट काउन्टर खुलाइएको थियो ।

6kapanja dipak

आफुले पहिलो पटक निर्देशन गरेको फिल्म हेर्न दर्शकको घुइँचो लागेपछि निर्देशक दिपाश्री निरौला भावुक बन्न पुगिन् । गोपिकृष्ण हलमा दर्शक र टिमसँग भुईंमा बसेर फिल्म हेरेकी दिपाले हर्षका आँसु झार्दै भनिन्, ‘दर्शकको माया नै ठुलो कुरो हो । दर्शकको यो मायाप्रति आभारी छु ।’ यस्तै दिपाश्रीसँगै नायिका प्रियंका कार्की पनि गोपिकृष्णमा भावुक बनिन् । प्रियंकाको आँखाबाट पनि हर्षका आँसु खसे । ‘दर्शकको यो पाउँदा निकै खुसी लाग्यो ।
यो हर्षको आँसु हो ।’ बिहानी शोमै हाउसफूल दर्शक फिल्म हेर्न आएपछि खुसी भएका दिपाश्री र प्रियंकाले कलाकार तथा स्क्रिप्ट राईटर दिपकराज गिरीलाई चुम्मा समेत दिए । दिपकले बिहानी शोमा मल्टिप्लेक्समा सन्तोषजनक र सिङ्गलमा उत्साहप्रद दर्शकको साथ रहेको बताए ।यता काठमाण्डौं वितरक गोपाल कायस्थले ‘छक्का पञ्जा’ ले ब्लकबस्टरको ओपनिङ गरेको बताए । गोपिकृष्णमा ‘छक्का पञ्जा’ हेरेका दर्शकले फिल्म औधी मन परेको प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मको संवाद तथा सस्पेन्सलाई मन पराएका छन् । दिपकराज र अभिमन्यू निवरीको लेखक रहेको फिल्ममा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको ‘छक्का पञ्जा’ मा राजनराज सिवोकाटी र दिपक शर्माको संगीत छ । मज्जाको अनलाइनबाट

 

तपाईको प्रतिक्रिया