Prachanda-and-rajendra-mahato

२४ भाद्र, काठमाडौं । मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका बेला उठाउनुपर्ने एजेण्डा सहितको ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महतोले यस्तो पत्र बुझाएका हुन् । उनले ज्ञापन पत्रमा नेपाल भारत सम्बन्ध सुधारका लागि विभिन्न योजनाहरु अघि सार्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।महतोले १ लाख मधेसी युवालाई शिप तथा रोजगारमुलक तालिमको प्याकेज ल्याउन पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

उनले मधेसमा धेरै युवाहरु बेरोजगार रहेको र उनीहरुलाई रोजगारमुलक तालिमको आवश्यकता रहेको बताउँद एक लाख मधेसी युवालाई तालिम दिने एजेण्डा बनाउन सुझाव दिए ।महतोले यसका लागि ३ खर्ब खर्च लाग्ने र त्यसको व्यवस्थापन हुनेगरि भारतसँग कुराकानी गर्न आग्रह गरेका हुन् ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया