DSC05007 DSC05009
भाद्र २४ इनरुवा/सुनसरीको सदरमुकाम इनरुवा ९ बलाहामा रहेको नवयुग बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्रले स्थानीय पत्रकार राजेन्द्र पोखरेल सिटी सफारी चालक दुई महिलालाई सम्मान गरेको छ ।

अध्ययन केन्द्रको ११ औं साधारण सभाकावीच संचारकर्मी पोखरेल सहित सफारी चलाएर परिवार चलाउँदै आएका सुमित्रा मण्डल र लोककुमारी पोखरेललाई सम्मान गरिएको हो ।केन्द्रका अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा आयव्यय तथा वार्षिक प्रतिवेदन पारित गरिएको थियो ।

२०६२ सालमा स्थापना भएको अध्ययन केन्द्रले निरक्षरहरुलाई साक्षर बनाउने, जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने र समाजिक सेवा लगायतका गतिविधी संचालन गर्दै आएको छ ।नवयुव बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र यस वर्ष पुर्वाञ्चलकै पहिलो बन्न सफल सामूदायिक अध्ययन केन्द्र हो ।

तपाईको प्रतिक्रिया