Anugaman

२५ भाद्र, दिलिप साह सप्तरी। गरीवी निवारण कोषको सहयोगमा गौरी शंकर सामुदायिक संस्था शम्भुनाथ–१ कचन्दाहाका सदस्यहद्धारा संचालित आय आर्जन तथा कार्यक्रम अन्र्तगत पशुपालन, व्यपार, तरकारी खेतीको स्थलगत अनुगमन विश्ववैंकका कन्ट्री मैनेजर टकुया कमाटाद्धारा सम्पन्न भएको छ ।

उहाले समुहका सदस्यहरुसगं प्रत्यक्ष अन्तरक्रिया गरी आयआर्जन, क्षमता विकास, समाजिक परिचालन, भौतिक पूर्वाधार विकाशका कार्यक्रम बारे जानकारी लिनुभयो । उहाले समुहका सदस्यहरुद्धारा गरेका कार्यप्रति सन्तुष्टी जनाउदै समुहसगं जिज्ञासा राख्दा समुहका सदस्यहरुले गरीबहरुको जीवनस्तर माथी उठाउन सिंचाइँ, दूध चिस्यान, प्रशोधन मेसीनको व्यवस्था माग गर्नुभयो ।

आय अर्जन तथा भौतिक पूर्वाधार कार्यक्रमको बारेमा संस्थाका सचिव रेखा चौधरीले जानकारी गराउनु भएको साथै सामुदायिक संस्थाका सदस्यहरुले आफ्नो जिवनमा भए गरेको प्रगतिको बारेमा जानकारी गराउनुभयो ।कार्यक्रममा गरिबी निवारण कोषको अनुगमन मूल्याकंन अधिकृत इन्दिरा पनेरु , कार्यक्रम प्रवन्धक राकेश यादव, जिविस सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खडका, लोक नेपाल सप्तरीका कार्यक्रम संयोजक विनोद कुमार चौधरीको समेत सहभागिता रहेको थियो ।

शुक्रबारै उहाँहरुले गरीवी निवरण कोषको सहयोगमा सामुदायिक संस्थाका सदस्यहरुद्वारा कल्याणपुर–३ मा संचालित हिमालय ऋण वचत सहकारी संस्थाको समेत अनुगमन गर्नुभयो ।

तपाईको प्रतिक्रिया