first aid traing ambulance driver redcross
इनरुवा २५ भाद्र/नेपाल रेडक्रस सोसाइटी सुनसरीले एम्बुलेन्स चालकहरुलाई प्राथमिक उपचार तालिम दिएको छ ।विरामीलाई स्वास्थ्य संस्था सम्म पुर्याउने क्रममा बाटोमा अपनाउनु पर्ने सावधानी र उपचारबारे जानकारीका लागि तालिमको आयोजना गरिएको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखामा आयोजित तालिममा सदरमुकाम इनरुवा सहित आसपासका क्षेत्रमा संचालनमा रहेका एम्बुलेन्स चालकहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित रेडक्रस सुनसरी सभापति उमेश थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमले एम्बुलेन्स चालकहरुमा प्राथमिक उपचार बारे ज्ञान अभिवृद्धि हुने इनरुवा रेडक्रसका विष्णुदेव मण्डलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया