inaruwa udhog matdan
इनरुवा भाद्र २५/उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्यसमिति चयनका लागि आज विहानैबाट मतदान जारी छ ।इनरुवा वाणिज्य संघको भवनमा जारी मतदानमा १३६५ मतदाताहरुले मतदान गर्दैछन् ।

नयाँ कार्यसमितिको लागि चुनावी तालिका आज तोकिएपनि अध्यक्ष सहित प्रमुख ५ पदमा यसअघिनै निर्विरोध चयन भैसकेको छ ।
आज हुने मतदानमा सदस्य पदका लागि प्रतिष्पर्धा हुँदैछ । १० जना सदस्यका लागि २१ जनाको आवेदन परेपछि कडा प्रतिष्पर्धाको अनुमान गरिएको छ ।

संस्थापन र स्वतन्त्र गरी दुई खेमाले उमेदवारी पेश गरेसँगै पदाधिकारी विवाद बढे सँगै एक अर्कामा आरोप र प्रत्यारोप हुँदै आएको थियो ।
चुनाव पूर्व मतपेटिका राख्ने स्थान र मतदान केन्द्र स्थलको विषयलाई लिएर चर्काचर्की समेत भएको थियो । चुनाव शान्तिपूर्व जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया