naya sakti jilla bhela sunsari inaruwa1
इनरुवा भाद्र २५/नयाँ शक्ति नेपाल आवद्ध महिलाहरुको जिल्ला भेला आज इनरुवामा सम्पन्न भएको छ ।सदरमुकाम इनरुवामा समृद्ध महिला समाज सुनसरीको प्रथम भेला आयोजना गरिएको हो ।
केन्द्रिय महिला विभाग प्रमुख कल्पना धमलाको उपस्थिती रहेको जिल्ला भेला समृद्ध महिला समाज सुनसरी  कमिटी चयन गर्ने छ । ५१ सदस्यीय सुनसरी जिल्ल्ला कमिटी चयन गर्ने तयारी स्वरुव वृहत जिल्ला भेला डाकिएको बताइएको छ । कार्यक्रममा केन्द्रिय तहका महिला नेतृहरु चन्द्रकला राई, रमा गिरी सावित्री लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रचार विभाग प्रमुख डम्बर घिमिरे सहितकाले पाटीको आगामी नीति तथा कार्यक्रमका बारे प्रस्ट पार्नु भएको थियो ।

naya sakti jilla bhela sunsari inaruwa

तपाईको प्रतिक्रिया