इनरुवा भाद्र २५। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुनसरीमा विरोधका कार्यक्रम संचालनमा ल्याउने भएको छ । मोर्चाको शनिबार इनरुवामा बसेको बैठकले सरकारले मनाउने संविधान दिवसलाई लक्षित गरी  बिरोधको कार्यक्रम संचलान गर्ने तय गरेको हो ।

मोर्चामा आवद्ध दलका नेताहरुको उपस्थिती रहेको भेलाले असोज २ गते प्रचारप्रसार तथा अन्र्तकृयाको आयोजना गर्नुका साथै ३ गतेलाई कालो दिनका रुपमा  मनाउने निर्णय गरेको हो । कालो झण्डा सहित कालो पट्टी बाधेर बिरोध प्रर्दशन गर्ने र सोही रात ७ः३० बजेदेखि ८ बजेसम्म बल्याक आउट गर्ने मोर्चाले जनाएको छ । असोज ४ गते सहिदहरु प्रति मैनबत्ति प्रज्जलन सहित श्रद्धानजली अर्पण गर्ने लगायतका कार्यक्रम तय भएको मोर्चाले जनाएको छ

तपाईको प्रतिक्रिया