Birgung-Protest-3
फाईल फोटो

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा माईस्थान र घन्टाघरमा झडप भएको छ । कर्फ्यू खुलेको समयमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शनमा गरेका छन् ।

प्रदर्शनकारीले टायर बालेपछि प्रहरीले रोक्न खोजेपछि आन्दोलनकारीले ढुंगा हानेका छन् । अहिले पनि झडप भइरहेको छ ।

स्थानीय प्रशासनले दिउँसो ३ बजेसम्म कर्फ्यू हटाएको छ । सोमबार प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा कफ्यू लागेको थियो ।

तीन दिनको लगातारको कर्फ्यूपछि स्थानीय प्रशासनले बुधबार विहान ८ बजेबाट कफ्र्यू हटाएको थियो ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया