२६ भाद्र, इनरुवा। उद्योग बाणिज्य संघ इनरुवाको मतगणना आज दिउसो २ बजे बाट सुरु हुदैछ। हिजै बेलुका ७ बजे बाट मतगणना सुरु गर्ने भनिएता पनि मतगणना स्थलमा प्रतिनिधि राख्ने विवादले गर्दा मतगणना आज दिउसो २ बजेकोलागि सारिएको हो। अबेर राति सम्म कस्तो प्रतिनिधि राख्ने कुराको टुंगो नलागेपछि मतगणनाको समय सारिएको हो।

शनिबार साँझ ५ बजे मतदान सकिएको थियो। उद्योग बाणिज्य संघ इनरुवामा कुल मतदाता १३६७ रहेकोमा ११०४ मत खसेको थियो ।निर्वाचन समितिको साँझ ७ बजेबाट मतगणना सुरु गर्ने तयारी रहेतापनि मतगणना स्थलमा रहने प्रतिनिधि विवादको कारण  मतगणना आज दिउसो २ बजेबाट सुरु गर्ने घोषणा गरिएको हो। केही उम्मेदवारहरुले मतगणना स्थलमा संघको सदस्य नरहेका बाहिरी ब्यक्तिलाई प्रतिनिधि बनाएपछि विवाद भएको थियो ।

तपाईको प्रतिक्रिया