170483324

२६ भदौ, काठमाडौं । सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो ।

यसरी मनाइन्छ बकर इद ………

बकर इद मुस्लिमहरुको एक महान पर्ब हो। बकरी ईद आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानीको सम्झना स्वरूप मनाइने पर्व हो। यही दिन देखि हिजारी संवतको नयाँ बर्षको सुरूवात हुने गर्दछ।  यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

नवाज पढेर घरफर्किएपछि बोका, खसी,बाख्रा, राँगा र भैंसीको वलि दिने परम्परा छ। बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ। त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ। मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो।

मुस्लिम धर्मावलम्बिहरुले संसारभरी नै प्राय एकै किसिमले मनाउने योचाड नेपालमा वसोवास गर्ने मुस्लिमहरुले पनि धूमधामका साथ मनाउँदछन। बकरिद नामले पुकारिने मुसलमानहरुले हिजरि सम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो। हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ। यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छन जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ। नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन “अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द” र यसको नेपाली अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन्” भन्ने बुझिन्छ। यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन। जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किन राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।

तपाईको प्रतिक्रिया