२६ भदौ, दिलिप साह सप्तरी । प्रहरीले सप्तरीको दुई स्थानबाट अवैध रुपमा खोलाबाट बालुवा निकाल्दै गरेको अवस्थामा तीन वटा ट्याक्टर नियन्त्रणमा लिई जिल्ला विकास समितिको कार्यालय सप्तरीमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले शनिबार विहान बैरवा–८ स्थित महुली खोलाबाट बालुवा लोड गर्दै गरेको अवस्थामा को २ त १२४ र ना ५ त ३२०४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो। त्यसैगरी बक्धुवा–७ बाट आइतबार विहान इलाका प्रहरी कार्यालय महुलीको टोलीले खोलाको बालुवासहित को १ त ९१८१ नम्बरको ट्याक्टर बरामद भएको हो ।

यता वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको टोलीले आइतबार विहान बोरिया गाविस ४ राजबिराज–सखडा सडक खण्डबाट ब्यापारिक प्रयोजनको लागि भारतबाट भन्सार छलेर ल्याएको अन्दाजी १० हजार मूल्य बराबरको ३५ बण्डल पानमसला र तुलसी जर्दा बरामद गरी तिलाठीस्थित भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया