DSC07080

कात्तिक १७ उर्लाबारी / मोरङको राजघाट—७ दुर्गापुरी निवासी देवान तामाङको उपचारका लागि बैदेशिक रोजगारमा हङकङ र जापानमा रहेका नेपालीहरुबाट संकलन गरी पठाईएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
राजघाट—५ रानाटोलबाट हङकङ पुगेकी बालिका गुरुङ र जापानमा रहेकी ममता रानामगरले पठाएको १० हजार १ सय ४ रुपैंया बिरामी देवान तामाङ र उनका श्रीमतीलाई हस्तान्तरण गरिएको हो । पत्रकार तेजन खड्कालाई उक्त रकम छरछिमेकको हातबाट बिरामी तामाङलाई हस्तान्तरण गराइएको थियो । हिँडडुल सम्म गर्न नसक्ने तामाङ आजभोली घरआगनसम्म सामान्य रुपमा हिड्न थालेका छन् । यद्यपि, हस्पिटल जाने र थप उपचार गर्ने सामाथ्र्य देवान र उनको परिवारसँग नहुँदा प्रभावकारी स्वाथ्योपचारबाट बञ्चित छन् उनी ।
यसअघि साउदीमा रहेका उर्लाबारीका लक्ष्मीकुमार बम्जनले १६ हजार २ सय रुपैंया र हङकङमा रहेका राजघाटवासीले जिवन पोमुको अगुवाइमा ५० हजार रुपैया सहयोग जुटेको थियो । नोबेल अस्पतालमा उपचार गराईरहेका तामाङको खुट्टाको मासु कुईएर प्वाल परेको थियो । उनको क्रमिक रुपमा सुधार भईरहेको छ । आर्थिक खर्च राम्रोसँग जुट्न सकेको खण्डमा विरामीको ज्यान जोगिने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया