bhansar chali truck baramad
भाद्र २७ इनरुवा /भारतीय बजारबाट भन्सार छलि भित्र्याउँदै गरिएको लाखौं मूल्य पर्ने चनाको दाल र राजमा सहित ट्रक सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छलिगरी साहेबगंज नाका हुदै नेपाल भित्रिएको राजमा र चनाको दाल बोकेको ट्रक स्थानीयको सहयोगमा चिमडी प्रहरीले नियन्त्रणमा लिएको हो ।भन्सार छलि गरी दालजन्य सामान लोड
गरि सुनसरी प्रवेश गरेका ना ३ ख ९४९९ र ना ४ ख ७०१ नम्बरको ट्रकमा रहेको सामानको सुनसरी प्रहरीले ४६ लाख २३ हजार रमकको मुल्यान्कन गरेको छ ।नेपाली बजारमा यतिवेला प्रहरीले बरामद गरेको १७ हजार १० किलो चनाको दाल र १६ हजार ८ सय ६० किलो राजमाको मूल्य मत्रै झण्डै ४८ लाखको हाराहारीमा पर्दछ ।

भन्सार छलि ल्याएको चना विराटनगरको खाटुसेन सप्लायर्स र राजमा महाविर ओभरसिज प्रालि विरगंजको भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक सहित बरामद चना र राजमा आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको छ । ट्रक विग्रिएर फंसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया