इनरुवा भाद्र २७/सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न कार्यक्रमका सहभागिहरुले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण तथा निरमूलिकरणका लागि सहकार्यको खाँचो औल्याएका छन् ।महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा सहभागि सरोकारवालाहरुले सरकारी निकाय सँगै गैरसहकारी संस्थाहरुवीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

जिल्लामा गठित मानव बेचविखन तथा ओसारपसार विरुद्ध समितिको अगुवाइमा सम्पन्न कार्यक्रममा महिला अधिकारका क्षेत्रका उत्कृष्ठ काम गर्ने अधिकारकर्मीहरुलाई सम्मान समेत गरियो ।प्रमुख जिल्ला अधिकारी मोहन चापागाई, महिला तथा बालबालिका कार्यालय सुनसरी प्रमुख रश्मि श्रेष्ठ लगायतको उपस्थितका वीच महिला अधिकारीकर्मीहरु मिना पुलामी मगर, मिना भण्डारी, कौशीला चौधरी, कमला खत्वेका साथै प्रकासपुरको सरस्वति महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया