damlo balak belbari narendra bridha
२७ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । एक बालक दाम्लोमा बाँधिएको र उनको उपचारमा समस्या भएको समाचार इनरुवा अनलाइन लगायत अन्य सञ्चार माध्यममा छापिए पछि एक बृद्ध दम्पतीले पहिलो पटक जग्गा पाएका छन ।

मोरङको बेलबारी ४ लालभित्तिका ६ बर्षिय बालक जगत राउत दाम्लोमा बाँधिएको र उपचारमा समस्या भएको समाचार इनरुवा अनलाइनले पहिलो पटक प्रकाशित गरेपछि दाताहरुले सोमबार उनीहरुलाई करिब ३ लाख मुल्य पर्ने ५ धुर जग्गा प्रदान गरेका छन । बेलबारीका ४ जनाले पलटिङ गरेको घडेरी उनीहरुलाई प्रदान गरेका छन । स्थानीय अमृत गुरुङ, राम चन्द्र भटराइर्, लोकेन्द्र दाहाल र धर्म कट्टेलले नातिको संरक्षण गरेर बसेका हजुरबुबा तथा हजुर आमालाई सो जग्गा दान गरेका हुन । ईलाममा बस्दै आएका राउत परिवार बिगत केहि समय देखि बेलबारीमा बसोबास गर्दै आईरहको छन ।

बेलबारी ४ का बालक राउत ७ महिना देखि दाम्लोमा पशु झै बाँधिन बाध्य बनेका छन । बोल्न हिड्ँन समेत नसक्ने राउत गत फागुनदेखी दाम्लोमा बाँधिएका छन । गाँस,वास र कपासको कुनै अत्तोपत्तो थिएन । पत्रिकाले पहिलो पटक जिवनमा खुसी दिएको हजुरआमा इन्दिरा राउतले बताईन । दुई छोरा भए पनि बुहारीले छाडेर हिँडेपछि उनीहरु बाबुआमा भन्दा बाहिर छन । सामाचार प्रकाशन भएपछि बेलबारी ४ का स्थानिय भोला गौतमले समेत १ बण्डील जस्तापाता किनिदिने प्रतिबद्धता जनाएका छन । बेलबारी ४ का सिताराम दाहालको घरमा बसेका राउत परिवारले घरभाडा नलिने घरधनिले बताएका छन ।

उनीहरुका लागी गाँस बाँस कपासको ब्यबस्था अहिले सम्म छैन घरधनी दाहालले भने उनिहरुलाई घर बनाएर राख्ने जिम्मा समेत हाम्रो हो । दुःखीलाई सहयोग गर्नु हाम्रे कर्तब्य हो बेलबारी ४ का स्थानिय बासिन्दा दयाराम घिमिरेले भने म घरका लागी एउटा पिल्लर बनाई दिन्छु । तर राउत परिवारका लागी अर्को चिन्ता बढ्न थालेको छ । परिवारले जग्गा पाएपछि घर कसरी बनाउने भन्ने चिन्तामा बढेको छ । दुई छोरा भए पनि दुई भाईकै श्रीमती हिडेपछि जेठा छोरा काठमाण्डौ तिर बस्दै आएका छन भने कान्छा छोरा बिराटनगरको एक अस्पतालमा कार्यालय सहयोगीको काम गर्दै आफनो पेट मात्रै पालिरहेका छन ।

दुवै छोराका छोराहरु म सँगै छन हजुर आमा ईन्दिराले भनिन अब एउटा सानो घर बनाउन कसैले सहयोग गरिदिए अरुकोमा काम गरेर पनि बाँच्ने थिए । बजार जान्छु भनेर हिँडेकी बुहारी अहिलेसम्म नआए पछि हजुरवा हजुरआमा सँग नातिहरु बस्दै आएका छन । बोल्न हिड्न नसक्ने ६ बर्षीय बाललका लागी सबैले सहयोग गर्नुपर्ने बेलबारी ४ का समाजसेबी लक्षमण थापाले बताए । दिनभरी दाम्लोमा बाँधेर राख्ने गरेका बालकलाई राति कोठामा लगेर थुनेर राख्ने गरिएको छ । राउत परिवारले घर बनाउका लागी सहयोग गरिदिन सबै सँग आग्रह समेत गरेका छन ।

तपाईको प्रतिक्रिया