thagi jhapa taiwan malla2

२८ भाद्र, इटहरी । वैदशिक रोजगारीको लागि ताईवान पठाइदिने भन्दै झापामा पचीस जना युवालाई ठगेर एक ब्याक्ति फरार भएका छन । आफु धेरै बर्ष मलेसिया बसेर मलेसियन केटीसँग विवाह गरेको र ताईवान स्थित एक साइकलको पाट्पुर्जा बनाउने कम्पनीमा कार्यरत आफ्नी सालीले महिनाको एक लाख तीस हजार अाम्दानी हुने कम्पनीमा पठाउने प्रलोभन देखाइ कंचनपुर जिल्ला त्रिभुवन बस्ती घर बताउने पारस मल्लले करिब बीस लाख ठगि गरेर फरार भएका छन्।

मल्ल झापा शन्तिनगर-५ स्थाइ बसोबास गर्ने फणिन्द्र कोइराला मार्फत झापा आएको र कोइरालाले आफू सम्पूर्ण जिम्मेवारी लिने भनेर सबै युवाहरुलाई अास्वस्त पारी रकम बुझाउन लगाएको शान्तिनगर-१ का पीडित बाल कुमार चापागाइले बताए।

चापागाइ सहित सोही गाबिसका खेमराज मगर,ज्ञानु सुब्बा,रुद्र कुमाल,अशोककुमार कुँवर,योन्जन कोइराला र बाहुनदाङीका गोपाल पौड्याल गारी सात जना सँग जनही दुई लाख बीस हजारका दरले र अन्य अठार जना सँग तीस हजारका दरले रकम असुलेर भागेका छन्। यसरी एकै गाबिस वरपरबाट बीस लाख भन्दा बढी रकम ठगि गरेर फरार भएका मल्लको खोजी गरि रकम असुल गरिदिन ईलाका प्रहरी कार्यालय काकरभित्तामा जाहेरी दिएपनि प्रहरीले काठमाडौं गएर सिअाइबीमा उजुर गर्नुहोस भन्दा पीडितहरु निरास भइ झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेट्न गएको चापागाइ बताए।

thagi jhapa taiwan malla1thagi jhapa taiwan malla

समाजसेवी तथा नेपाल बैदिक राष्ट्र जागरण अभियानका संयोजक रबिन्द्र फुयलको नेत्रित्वमा भेट्न गएको टोलीलाई प्रजिअ भुजेलको तोक आदेशमा प्रशासन कार्यालय झापाले ईलाका प्रहरी कार्यालय काकरभिट्टालाइ तुरुन्त छानबिन प्रक्रिया अगाडि बढाउन् निर्देशन दिएका थिए। मल्लले पैसा बुझ्न प्रयोग गरेको जनता बैंक खाताको विवरणमा भने गोंगबु-१६ काठमाडौं ठेगाना उल्लेख गरेका छन भने उनको विवरणमा नागरिकता नम्बर ३५३१६५६ काठमाडौं लेखिएको  पिडितहरु बताउछन्।

तपाईको प्रतिक्रिया