CIMG6083

भाद्र २९ इनरुवा/ सुनसरी जिल्ला अदालतले सेवाग्राहीको भाषिक कठिनाईलाई मध्यनजर गर्दै दोभासेको व्यवस्था मिलाएको छ ।
अदालतका श्रेस्तेदार इन्द्रकमल प्रधानका अनुसार आवेदन माग बमोजिम ६ भाषाका लागि दोभासेको प्रवन्ध मिलाइसकिएको बताउनुभयो ।
भाषिक कठिनाईले सेवा प्रवाहमा कुनै समस्या नदेखियोस भन्ने उद्येश्यसाथ सर्वोच्चको दोभाषे सेवाको प्रयोग सम्बन्धी निर्देशिका २०७२ अनुरुप मैथली, हिन्दी, थारु, अंग्रेजी, राई, वान्तवा र लिम्बु भाषाका लागि १६ जना दोभासेलाई परिचय पत्र उपलब्ध समेत गराइएको प्रधानले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया