दिलिप कुमार साह
राजविराज, ३० भदौ । संयुक्त टोलीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालतबाट खटिएको टोलीले लेनदेन मुद्दाका फरार प्रतिबादी सप्तरीको शम्भुनाथ नगरपालिका खोक्सर प्रबाहा बस्ने ४२ बर्षीय मो.हजरत मियालाई पक्राउ गरेको छ ।
यसैगरी प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले गौबध मुद्दाका फरार प्रतिबादी सप्तकोशी नगरपालिका वडा नं–१० बस्ने १९ बर्षीय कान्छा भनिने गणेश मलाहालाई पक्राउ गरेको छ । यसरी पक्राउ परेका दुवै जनालाई बुधबार जिल्ला अदालतमा पेश गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया