Apnga 5

भाद्र ३१ बकलौरी/सुनसरीको बकलौरी गाविसका सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गरी समाधानका लागि पहलकदमी बढाउने कार्यमा हुँदै आएको सहकार्यको प्रशंशा गरेका छन् ।
करुणा फाउण्डेसन नेपाल सुनसरीले उक्त गाविसमा संचालन गर्दै आएको अपाङ्गता पूर्नस्थापना कार्यक्रम प्रभावकारी बन्दै जाँदा थप परिस्कृत बनाउन सरोकारवालाहरुले माग गरेका हुन् ।
जिविस सुनसरीकी सामाजिक विकास अधिकृत माया राई , महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठ, करुणाका सुनसरी संयोजक रमेश बराल, जिल्ला अपाङ्ग समन्वय समितिका अध्यक्ष खुबलाल चौधरी सहित सरकोरवालाहरुको उपस्थिती रहेको सो कार्यक्रममा सहभागि हरुले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका परिवारलाई करुणा फाउण्डेसनको सहयोगमा आवश्यकिय सामाग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पाँचौ वर्षको वार्षिक समिक्षका साथै छेठौं वर्षको कार्य योजनाबारे जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया