koshi dungaaa 1 koshi dungaaa 2 koshi dungaaa 3 koshi dungaaa 4 koshi dungaaa 5
अमर काफ्ले असोज १ इनरुवा / सप्तकोशी नदीमा आज दिउँसो डुङ्गा दुर्घटना भएको छ ।
कोशीको वीच भागमा पर्ने श्रीलंका टापुबाट यात्रु बोकी प्रकाशपुर तर्फ आउदै गरेको डुङ्गा नदीको छालका कारण दुर्घटनामा परेको हो ।
चिलैया घाटबाट हिंडेको डुङ्गा नदीको विच भागमा दुर्घटनामा पर्दा डुबेका ३७ जनाको जीवितै उद्यार गरिएको छ ।
दाउरा खोज्न नदीमा गएका अर्को डुङ्गामा रहेका केही युवाहरुको तत्कालको पहलमा २३ जनाको उद्यार सम्भव भएको थियो ।
घटना लगतै पुगेको नेपाल प्रहरी, ससस्त्र र नेपाली सेनाको टोलीले थपको उद्यार गरेको थियो ।
डुङ्गामा कति यात्रु सवार थिए भन्ने साँझ सम्म पनि यकिन हुन नसक्दा कोशी नदीमा हराएकाहरुको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन् ।
सुनसरी प्रशासनले ८ जना वेपत्ता भएको हुन सक्ने अनुमान गरेपनि डुङ्गा दुर्घटनामा परी उद्यारमा परेकाहरुले ६० जना बढी यात्रु सवार रहेको र कम्तिमा १५ जना वेपत्ता हुन सक्ने बताएका छन् ।
दुर्घटनामा परेकी महिला दुर्गा कविरथले आफु पानीमा डुबेर पनि ६ महिने काखे छोरीलाई बँचाएकी छिन् । खोसार्नीको पोको समाएर छोरी लाई बोकेर तैरिरहेकी उनलाई स्थानीयहरुले उद्यार गरेका थिए ।
कोशी क्षेत्रमा दिउँसोबाटै भारी वर्षा भएपछि उद्धारमा कठिनाई भएको छ ।
हराएकाहरुको खोजीका लागि कोशी ब्यारेज सहित नदी किनारमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताउनुभएको छ ।
श्रीलंका टापुबाट डुङ्गा चढी हिंडेकाहरु प्रकाशपुरमा लाग्ने हटियाका लागि आएका थिए । गत वर्ष समेत कोशी नदीमा डुङ्गा दुर्घटना भएको थियो जसमा ५ जना वेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया