काठमाडौ, कात्तिक १९ । नेपाल वायु सेवा निगमलाई पूर्व संझौता बमोजिम थप जहाज खरिदका लागि चिनियाँ सरकारले दबाब दिएको छ । हाल संचालनमा रहेका जहाजको पर्फमेन्स चित्तबुझ्दो नभएकाले नयाँ जहाज खरिद नगर्ने मनस्थितिमा पुगेको निगमलाई थप ४ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन चिनियाँ पक्षले दबाब दिएको हो ।