itahari upmaha mapdand biparit ghar building construction
३असोज, इटहरी । भवन निर्माणको न्यूनतम मापदण्ड नै पुरा नगरी इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यालय पछाडि पट्टीको एक भागमा एक एक वटा रडहरु राखेर निर्माण कार्य थालनी गरेको छ ।

जनतालाई नीति नियम लागु गराउने स्थानीय निकाय आफु भने मनपरी गरीरहेको छ । इटहरी उपमहानगरपालिका स्वयम्ले गरेका यस्ता कार्यहरुले भविष्यमा आइपर्ने भवितव्य हरुको कारण जनताको जीवन माथि खेलवाड गरेको छ ।

जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने नगरपालिकाले यस्तो कार्य गर्नु कथंकदाचित सही नभएको र उक्त कार्य जनताको आँखामा छारो हाल्ने मात्र भएको स्थानीयले आरोप लगाएका छन । कमसल तरिकाको संरचना बनाउन विगत ६–७ दिन देखि शुरु भएको छ र आदि जति भागमा इट्टा पनि जोडिसकिएको छ ।

भुकम्प प्रतिरोधात्मक घर, भवन निमार्ण गरौ भन्ने र सानोतिनो त्रुत्री हुदा नि नक्सा पास गर्न नमान्ने इटहरी उपमहानगरपालिका भने आफ्नै भवन एक एक वटा रडहरु राखेर निर्माण कार्य गरी जनताको आखामा छारो हाल्ने काम गरीरहेको छ ।

itahari upmaha mapdand biparit ghar building construction1

तपाईको प्रतिक्रिया