koshi-dungaaa-3

३ असोज, अमर काफ्ले इनरुवा/डुङ्गा दुर्घटना पछि सप्तकोशी नदीमा हराएकाहरुको अझै पत्तो लाग्न सकेको छैन् ।दुर्घटना भएको दुई दिन वितिसक्दा समेत हराएका १३ जनाको अवस्था खुल्न सकेको छैन् ।

वेपत्ताहरुको खोजीमा आज तेस्रो दिन समेत कोशी नदीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।यसैवीच जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोशीमा डुंगा पल्टिएको विषयमा सत्यतथ्य छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमल थापाको संयोजकत्वको समितिले सात दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।समितिलाई दुर्घटनाको कारण, वेपत्ताहरुको यकिन संख्या र बारम्बार हुने दुर्घटनाको कारण , समस्या र समाधान सहितको प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।

५८ यात्रु सवार डुंगा कोशी नदीमा पल्टिदा वेपत्ता १३ मध्ये १० जनाको मात्र परिचय खुलेको छ । वेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावन कम रहेको प्रहरीले जनाएको छ । वेपत्ताको संख्या फरक फरक बाहिरिरहँदा प्रहरीले भने १३जना मात्रै सम्पर्क विहिन रहेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया