blackout madhesi morcha

असोज ३ इनरुवा /सरकारले संविधान दिवश धुमधामसाथ मनाइरहँदा संविधान प्रति असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चाले तराई मधेश क्षेत्रमा आज कालो दिन मनाउँदै छ ।

सुनसरीमा संघीय गठबन्धनले आज विरोध स्वरुप साँझ ७ः३० बजेदेखी ८ बजेसम्म ब्लाक आउट गर्ने जनाएको छ ।मोर्चाका सुनसरी संयोजक भगिरथ खत्वेका अनुसार विरोध रया्ली सहित लोकतान्त्रिक चौकमा कोणसभाको आयोजना गरी ब्लाक आउट गरिने छ ।नयाँ संविधान मधेशी जनताको हीतमा नरहेको बताउँदै आएको गठबन्धनले संसोधनको माग गर्दै आएको छ । गठबन्धनले दुहवी, इटहरी लगायतका क्षेत्रमा विरोध र्याली निकालेको छ ।

तपाईको प्रतिक्रिया