medicines-lकाठमाडौ, १९ कार्तिक । नाकाबन्दीले गर्दा वीरगंज रक्सौल नाकामा एक महिनाभन्दा अघिदेखि खुल्ला वातावरणमा रहेका ट्रकमा भएका औषधिको गुणस्तर शंकास्पद बनेको छ । औषधि व्यवसायी संघको दाबी अनुसार रक्सौल नाकामा औषधि बोकेका करिव साढे ३ सय ट्रक महिना दिनभन्दा बढी समयदेखि मुलुक भित्रने पर्खाइमा छन् ।

औषधि व्यवथा विभागले भने औषधिमात्र बोकेका करिव ८० ट्रक त्यहाँ थन्किएको बताएको छ ।विषेषज्ञहरुले यस्ता औषधी मुलुक भित्रिएपछि गुणस्तर सुनिशिचत गरेर मात्र उपभोगमा ल्याउन सरकारलाई सचेत गराएको छ । कुनै पनि औषधी ४० डिग्री भन्दा माथिको तापक्रमको सम्र्पक हुदाँ बिग्रने सम्भावना रहेको वरिष्ट्र फर्मासिस्ट बाबुराम हुमागाँइले बताए । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया