criket sidant puspa lalit biratnagar

३ असोज, मोरंग। एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियाेगिता  २४ देखि अक्टोबर सेप्टेम्वर ३ सम्म सञ्चालन हुने भएकाे छ । उक्त प्रतियोगितामा बिराटनगरका ३ खेलाडी खेल्ने भएका छन् जसमा सिद्धान्त लोहनी, पुष्प थापा, ललित राजबंशी  रहेका छन्।

प्रतियोगितामा कुल ६ टीमले पर्तिस्प्रथा गर्नेछन्, पन्चकन्या ग्रुपको पन्चकन्या तेज, टेलेटक प्रालीको कलर्स एक्स फ्याक्टर, विशाल ग्रुपको विशाल वारियर्स, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गोर्खाज, शंकर ग्रुपको जगदम्बा राइनो र घोराही सिमेन्टको सगरमाथा लेजेण्ड्स छन्।

बिराटनगरका ३ खेलाडी मध्ये सिद्धान्त लोहनी कलर्स एक्स फ्याक्टर टिमबाट खेल्ने छन् , त्यसैगरी पुष्प थापा पन्चकन्या तेजबाट भने  ललित राजबंशी कान्तिपुर गोर्खाज टिमबाट खेल्ने छन् ।

प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाइने छ भने हरेक टीमले कम्तीमा ५ खेल खेल्नेछन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टीम बीच फाइनल खेलाइने तथा खेल कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने अायाेजकले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया